साउन १८,रौतहट । विश्व हिन्दु परिषद नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिने पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाइएको ज्ञापन पत्रमा भट्टराईले सनातन हिन्दु धर्म विरुद्ध ट्विट गरेको भन्दै भट्टराईलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।No description available.

बहुसंख्यक जनताहरुको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै धार्मिक साँस्कृतिक परम्परा विरुद्ध अभद्र टिप्णी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

परिषद्का जिल्ला अध्यक्ष आलोक पाण्डे , परिषदको सल्लाहकार भाग्य नारायण मिश्रा, तथा अदिवाक्ता राजीव सिंह, एवं परिषद को युवा संयोजक नन्दभुसन श्रीवास्तव, लगाएतको टोलीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई पत्र बुझाउदैं, हिन्दु आस्था संग खेलवाड गर्ने भट्टराईलाई कडा कारवाही नगरिए देशभरि नै आन्दोलन गर्ने चेतावनी दिए ।May be an image of one or more people, people sitting and indoorधर्म संस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दलको राजनैतिक अस्तित्व समेत समाप्त पार्न हिन्दु समाज एवं विश्व हिन्दु परिषद नेपाल लगायतका हिन्दु संगठनहरु पछि नपर्ने अध्यक्ष आलोक पाण्डेयले बताउनु भयो ।त्यस्तै आज जसपा नेपालको केन्द्रिय सदस्य रेवन्त झा तथा गौर नगरपालिकाको मेयर अजय गुप्तालाई समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here