सरकारले रेल्वे कम्पनीको महाप्रवन्धकमा नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नियुक्ति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झा लाई नियुक्त गर्ने निर्णय गरेको छ । नवनियुक्त महाप्रवन्धक निरञ्जन झा राजविराज नगरपालिकाका एमाले समाजवादी पार्टी निकट नेता हुनुहुन्छ ।
वर्तमान सरकार बन्नका लागि निर्णयक भूमिकामा रहेको एमाले समाजवादी पार्टीलाई प्रधानमन्त्री देउवाले रेल्वे कम्पनीको महाप्रवन्धकको जिम्मेवारी दिनु भएको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पहिलो पल्ट गुरु भट्टराई महाप्रवन्धकमा नियुक्त हुनु भएको थियो । तर सरकार परिवर्तन सँगै भट्टराईलाई स्पष्टिकरण मागिएको थियो ।
उहाँले स्पष्टिकर नदिई पदबाट राजीनामा दिएका थिए । उहाँले राजिनामा दिए पछि उक्त पद रिक्त थियो । बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त दिएको थियो । उहाँ पनि एमाले समाजवादीकै नेता हुनु हुन्छ । नवनियुक्त महाप्रवन्धक निरञ्जन झा पनि एमाले समाजवादी पार्टीकै निकट नेता हुनुहुन्छ ।