रौतहट, २ भाद्र ।
प्रदेश २ सरकारले विपन्न परिवारलाई राहत वितरण गर्न भनि रौतहटको राजदेवीनगरपालिका–२ मा राखिएको खाद्यान्न सामग्री कुहिएको बारे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबोध साहले आफनो प्रतिकिया दिनु भएको छन्।
एक वर्षअघि लकडाउन हुँदा समयमा वितरण गर्न ल्याएको चामल, दाल, मस्यौरा (सोयाबिन) लगायका खाद्यान्न कुहिएको समाचारहरु आए पछि प्रशासकिय अधिकृत शाहले बुधबार आफनो प्रतिक्रिया दिएका हुन।
प्रशासकिय अधिकृत साहका अनुसार वडा कार्यालयमा चामल, दाल, नुन, तेल लगायतका सामग्री प्रदेश सरकारले पठाएका बेला स्थानियले प्रभावित व्यक्तिहरुलाई मात्र वितरण नगरि सबैलाई वितरण गर्न अडान राखे पछि चामल लगायतका राहत सामग्रीहरु थन्किेएको बताए ।
वडा कार्यालयका अनुसार ६५ बोरा चामल, १५ बोरा दाललगायत नुन, तेल, सोयाबिन भण्डारण गरी राखिएको थियो। वडा कार्यालयको माथिल्लो तल्लाको कोठामा राखिएका केही बोरा चामल चोरीसमेत भएको स्थानीयको गुनासो छ।
राहतको सामाग्री वितरण नगरी कुहाएर राखेको भन्दै वडा तथा नपाका जनप्रतिनिधिहरूको स्थानीयले आलोचना गरेका छन्। धेरै पटक सो खाद्यान्न बाँड्न आग्रह गर्दा पनि जनप्रतिनिधिहरूले सुनवाइ नगरेको स्थानीयको गुनासो छ।
प्रमुख साहले आफूले पटकपटक सो सामाग्री वितरण गर्न सल्लाह दिएको तर वडाका प्रतिनिधिबिच कुरा नमिलेको बताए। राहत थोरै, लिने मान्छे धेरै भएपछि वितरणमा समस्या परेपछि समयमै वितरण हुन नपाउँदा केही मात्रामा कुहिएको उनको भनाइ छ।
प्रमुख साहका अनुसार राहत सामग्री व्यवस्थापन गरि वितरणको कार्य समेत भइरहेको प्रतिक्रिया रहेको छ । राहत सामग्री वितरण गर्नुको साटो वडा कार्यालयमै राखि कुहाए पछि नगरपालिकाको चर्को विरोध भइ रहेको छ ।