रौतहट, २ भाद्र ।
रौतहट जिल्लामा रहेको १८ पालिकाहरु मध्येको एक कटहरिया नगरपालिकाले एक छुट्टै कार्य गरि आफनो पहिचानलाई कायम गराउने कार्य गरेको छ ।
नगरपालिकाले रौतहट जिल्लाको मध्य भागमा रहेको प्रहरी बोडिंग स्कूल बिर्तालाई ७ बर्ष सम्म कटहरिया नगरपालिका भित्रका छात्र र छात्राहरुलाई लाग्ने यातायातमा महसुलमा ५० प्रतिशत छूट दिने सम्झौता गर्दै बस हस्तानान्तरण गरेको हो ।
नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले बुधबार एक कार्यक्रमको आयोजना गरि प्रहरी बोडिंग स्कूल प्रमुख टीकाराम भट्टाराईलाई बस हस्तांतरण गरेका छन् ।
शिक्षा क्षेत्रमै स्थानिय पालिकाहरुले गरेको कार्यहरु मध्ये उदाहरणिय कार्य गर्दै नगरपालिकाले आफना नगरका बालबालिकाहरुको शिक्षामा सहज पहुच बढाउने कार्यमा जोड दिएको शिक्षाविदहरु बताउछन् । जनहितका लागि सर्हानिय कार्य भएको भन्दैं सबैले नगरप्रमुख कुशवाहाको प्रसंशा गरेका छन् ।
बस हस्तानान्तरण कार्यक्रममा नगर प्रवक्ता चन्दन कुशवाहा, विभिन्न वडाका अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह तथा स्टोर प्रमुख छोटेलाल मिश्र लगाएतको सहभागीता रहेको थियो ।