अखिलेश कुमार यादव।
उपेन्द्र दाश बैरागीको हत्या गरेर १० बर्ष देखि फरार रहेको एक जना अभियुक्तलाई रौतहट प्रहरीले बुधवार नियन्त्रणमा लिएको छ ।
रौतहट जिल्लाको गौर नगरपालिकाकोको कर्मचारी मिलन केन्द्र रहेको मन्दिरको गल्लीमा उपेन्द्र दाश बैरागीलाई गोलि हानि हत्या गरेर १० बर्ष देखि फरार रहेको देवाही गोनाही नगरपालिकाको वडा न ७ बस्ने सनफि ह्जरालाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको हो । २०६८ साल जेष्ठ २३ गते राति ८ बजेको समयमा लोडसेतिंगको मौका छोपी उपेन्द्र दाश बैरागीलाई सोन्फी हजराले गोलि हानेर हत्या गरेको थियो ।
रौतहट प्रहरीले हत्या गरेर १० बर्ष देखि फरार रहेको हाजरलाई गौर नगरपालिका ५ स्थित सडकमा हिडिरहेको बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी उपरीक्षक शिद्धि बिक्रम सहालाए रेडखबर अनलाईनलाइ जानकारी दिनु भएको छ । पक्राउ परेको हाजरलाई जिल्ला अदालत गौरमा उपस्त्जित गराएर ठप्प कारवाहीको प्रक्रिया अगाडी बढाएको एसपी साहले जानकारी दिनु भएको छ