अखिलेश कुमार यादव । रौतहट । केहि दिन देखि लगातार रुपमा लेखापाल श्रीनारायण झाको कारण विवादमा तानिएको यमुनामाई गाउँपालिकाले लेखापालले गाउँपालिकाको लागि सन्तोष जनक काम नगरेको भन्दै अन्यत्र सरुवाको मांग गर्दा पनि कोष लेखा नियन्त्रक कार्यालय रौतहटले लेखापाल श्रीनारायण झाको सरुवा गर्न मानेको छैन ।
लेखापाल श्रीनारायण झाले यमुनामाई गाउँपालिकामा कमिशनमा योजनाहरुको भुक्तानी गरेको खबर प्रकाशन भए पछि यमुनामाई गाउँपालिकाले लेखापाल लाई अन्यत्र सरुवाको सिफारिस गर्दा पनि कोष लेखा नियन्त्रण कार्यालय रौतहटले गौरले श्रीनारायण झालाई सरुवा गर्न मानेको छैन ।
यता केहि दिन देखि रौतहट जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको गौर अस्पताल समेत लेखापाल श्रीनारायण झाको कमिशनको कारण विवादमा तानिन थालेको छ ।यमुनामाई गाउँपालिकामा कमिशन लिएर योजनाको भुक्तानी गरेको कुरा थाहा पाए पनि कोष लेखा नियन्त्रक कार्यालय रौतहटले लेखापाल झाको सरुवा गर्न बाट पछाडी हटेको छ ।
पैसाको पहुचको कारण लगातार रुपमा लेखापाल श्रीनारायण झाले भ्रस्टचार गरे पनि अहिले सम्म कारवाहीमा न तान्नु रौतहट बासीको लागि एउटा दुखद समाचार समेत बन्न पुगेको छ ।
लेखापाल श्रीनारायण झाले भ्रस्टचार गरेको थाहा पाउदा समेत कोष तथा लेखा नियन्त्रक कार्यालयले सरुवा गर्न बाट पछाडी हटेको प्रति यमुनामाई गाउँपालिकाले आपति जनाएको छ ।श्रीनारायण झाको कारण यमुनामाई गाउँपालिका र जिल्ला अस्पताल गौर लगातार रुपमा विवादमा तानिदै आएको छ ।
पहुचको भरमा लेखापाल झा नियम बिपरित गौर अस्पतालको लेखापालमा समेत काम गर्दै आईरहेको छ । यता कोष तथा लेखा नियन्त्रक कार्यकय रौतहट संग प्रतिक्रिया लिन खोज्दा अहिले सम्म कुनै लिखित पत्र सरुवाको समबन्धमा कार्यालयमा न आएको र आफ्नो मातहत सरुवा गर्ने नियम न रहेको बताएको छ।








