रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मेयर गोपाल यादवको मिलोमातमा आर्थिक अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन् ।

सो नगरपालिकाले बिभिन्न फर्जी योजना बनाएर कामै नगरी बिल बनाई करोडौ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र जिल्ला प्रशासन कार्यलय रौतहटमा उजुरी परेको हो ।

फतुवा विजयपुर नगरपालिका वडानं ७ का स्थानीय बासिन्दा नरेन्द्र कुमार यादवले २०७७-०७८ का लागि छनौट गरिएको योजना मध्य नगरपालिकाका नगर प्रमुख गोपाल यादव र कर्मचारीको मिलेमतोमा फर्जी योजना बनाएर आर्थिक अनियमिता गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।फतुवा विजयपुर नगरपालिकाको लेखापाल नबिन यादवले बर्षौ देखि मेयर त्यादवाको आडमा भ्रस्टचार गर्दै आईरहेको छ ।

फतुवा विजयपुर नगरपालिकाको लेखापाल नबिन यादवले बिना कमिशनको कुनै पनि योजनाको भुक्तानी नगरेको रहस्य समेत बाहिर आएको कारण अख्तियार दुरुपयोग अनुसन्धानमा मुदा दर्ता गरिएको एक जना स्थानीयले बताएको छ ।लेखाल मेयर र हाकिमको मिलोमतोमा फतुवा विजयपुर नगरपालिकामा करोडौको बर्षेनी भ्रस्टाचार हुदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here