साउन १८ सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित चोर पक्राउ परेका छन् ।

व्यापक खोजतलासको क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका ५ बस्ने राजेश कुमार मण्डल छन् ।उनलाई सोमाबार बिहान प्रहरीले पक्रपाउ गरेको हो ।

प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धन गरिरहेको छ ।आइतबार साँझ करिब ७ः१५ बजेतिर मन्दिरबाट भगबतीको चाँदीको मुकुट चोरी भएको थियो ।

घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो । खोजविनको लागि सप्तरीको सीमानाकाहरु बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here