साउन १६, काठमाडौं । मायाबाट मात्र समाजको विभेद अन्त्य सम्भव छ भन्ने  सन्देशसहित ‘मायाको परिभाषा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार साँझ युट्युबमार्फत् साे गीत सार्वजनिक भएको हाे ।राजकुमार रायमाझीकाे रचनामा रहेकाे गीतमा प्रज्वल शाक्य र बन्दना खड्काले स्वर दिनुभएकाे छ । धनी र गरिबबीच हुने मायाकाे विषयमा यस गीतमा उठान गरिएकाे छ ।लक्षुप्रकाश मल्लकाे संगीत रहेकाे यस गीतमा गायक शाक्यले निर्देशन गर्नुभएकाे छ । आराध्यलक्ष्मी खड्गीले नृत्य निर्देशन गर्नुभएकाे यस गीतकाे  छायाँकन र सम्पादन सोहन मानन्धरले गर्नुभएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here