पोखरा । पोखराको लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पीस रन टोलीलाई शुक्रबार विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार पोखरामा आयोजना हुने सफल म्याराथनमा सहभागिता जनाउन पोखरा आइपुगेको पिसरनटोली शुक्रबार ११ बजे स्वागत तथा सम्मान कार्यक्रममा अल्फा बोर्डिङ स्कुल पुगेको थियो ।
कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, जापान, चीन, लाटविया, जर्मनीलगायत १४ विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको विद्यालयका सहप्राचार्य कृष्ण लम्सालले जानकारी दिए ।
सोही कार्यक्रममा नव आदर्श सामुदायिक विकास संस्थाका नवनिर्वाचित अध्यक्ष दिनेश भण्डारी, कोपिला आमा समूहका अध्यक्ष शान्ति अधिकारी, स्थानीय सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रित गरिएको थियो । शुक्रबार, ११ बजे पिस ¥याली सहित लामाचौर चोक हुँदै विद्यालय प्रवेश गरेको उक्त समूहले समाज तथा विद्यालयमा शान्ति फैलाउने उद्देश्यले विभिन्न सन्देशमूलक कार्यक्रम गरेको थियो ।
आगन्तुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पिसरन टिम लगायत उपस्थित सबैजनालाई स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले विद्यालयले यस्ता सामाजिक विषयवस्तु जोडिएका कार्यक्रम आगामी दिनहरुमा पनि आयोजना गर्दै जाने कुरा स्पष्ट पारेका थिए ।
विद्यालयका सहप्राचार्य कृष्ण लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयको तर्फबाट स्वागत नृत्य तथा पीसरन टिमको तर्फबाट श्वेता प्रधानले कार्यक्रमको औचित्य प्रष्ट पारेकी थिइन् । कार्यक्रममा विभिन्न खेल तथा सन्देशमूलक प्रस्तुतिहरूका साथ विद्यालयलाई मायाको चिनो प्रदान गर्दै पिस रन टोलीले कार्यक्रमको समापन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here