साउन १५ भजनी। कैलालीको कान्द्रा नदीले कटान गर्दा हुलाकी सडक उच्च जोखिममा परेको छ । जिल्लाको भजनी नगरपालिका–५ स्थित लालबोझी गाउँमा पर्ने हुलाकी सडक कान्द्रा नदीले कटान गर्दा सडक उच्च जोखिममा परेको हो । केही दिन अगाडी आएको अविरल वर्षाका कारण नदीमा आएको बाढीले हुलाकी सडक कटान गर्न थाले पछि सडक उच्च जोखिममा परेको हो ।
कान्द्रा नदीको बाढीले हुलाकी सडक कटान गरे पछि आवत जावत गर्न निकै समस्या हुने गरेको छ । हुलाकी सडक अवरुद्ध हुँदा सवारी साधन लगायत स्थानीयहरू जोखिम मोलेर ओहोर दोहोर गर्ने गरेको छ । ओहोर दोहोर गर्नेहरू गाउँको लामो बाटो प्रयोग गरेर गन्तव्य तिर जाने गरेका छन् । बाढीले हुलाकी सडक तिब्र कटान गर्दा यस ठाउँको गाउँ बस्ती नै जोखिममा परेको छ ।
नदी कटानले गर्दा यस क्षेत्रलाई धेरै क्षेती पुर्याको सोही ठाउँका खोज राम चौधरीले बताए । बर्षोनि आउने कान्द्रा नदीको बाढीले कटान गर्दा हुलाकी सडक मात्र नभएर लालबोझी गाउँ नै उच्च जोखिममा रहेको उनले बताए । कटान रोक्नको लागी मुख्यमन्त्रीले आश्वासन दिए पनि अझै पुरा नभएको उनले बताए । कालोपत्रे गर्न बाँकी रहेको क्षेत्रमा नदीले हुलाकी राजमार्ग कटान गर्दा सडक अवरुद्ध भएको छ ।
अबको केही दिन ठुलो मात्रमा पानी परेर नदीमा बाढी आएको खण्डमा लालबोझी गाउँमा बगरमा परिणत हुने सम्भावना बढेको छ । सोही ठाउँमा २०७५ सालमा तटबन्ध गरिएपछि बस्तीतर्फ केही हदसम्म कटान रोकिए पनि यो वर्षदेखि पुनः कटान सुरु गर्दा गाउँमा नै जोखिममा परेको छ । कान्द्रा नदीको कटानकै कारण यसअघि पनि कैयौँ परिवार विस्थापित भइसकेका छन् ।
नदी कटानका कारण जोखिममा परेको गाउँलाई जोगाउनका लागि सरकारलाई गुहारे पनि सुनुवाइ नभएको सोही गाउँमा भल मन्सा रामकिशन चौधरीले बताए । समयमा उचित व्यवस्थापन नहुने हो भने कैयौँ परिवार विस्थापित हुने उनले चिन्ता व्यक्त गरे ।गत वर्षको साउन १४ गते आएको बाढीले पुर्याएको क्षतिका बारेमा बुझ्न सो क्षेत्रमा मुख्यमन्त्री भट्ट सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको थियो ।
त्यति बेला मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका थिए । उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका दिए । तर मुख्यमन्त्री भट्टले स्थायी तटबन्ध बनाउने आश्वासन बाँडेको एक वर्ष पुग्दा समेत यस ठाउँमा कुनै वृहत् तटबन्धको काम हुन सकेको छैन । सयमा तटबन्ध नबनाउने हो भने गाउँ नै बगर हुने देखिएको छ ।