नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारण सभा आज काठमाडौंको मैतिदेवीमा सम्पन्न भएको छ ।
कम्पनीका कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा बसेको सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने र पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको हो ।
सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिमा वृद्धि भैरहेको उल्लेख गर्दै यसको व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता औंल्याएका थिए। यसैअनुसार नेक्सजेन म्यानेजमेन्टले पूँजी वृद्धि र संस्थागत रूपान्तरणको निर्णय गरेको जानकारी दिए ।
सभाले तत्काल जारी पूँजी ५० करोड रुपैयाँ रहने, तथा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरी कम्पनीलाई पब्लिक लिमिटेड बनाउने निर्णय पारित गरेको हो ।
नेक्सजेन म्यानेजमेन्टले पछिल्लो एक वर्षदेखि समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ। निष्क्रिय कर्जा नियमित गर्न, पुनः सञ्चालन गर्न तथा बिक्री प्रक्रिया सहज बनाउन कम्पनीले भूमिका खेल्दै आएको छ। पूर्व बैंकरहरूको लगानीमा स्थापित यस संस्थाले अब समावेशी ढंगमा बैंक, बीमा कम्पनी तथा अन्य संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना बनाएको छ ।
सभाको समापनमा अध्यक्ष मिश्रले नेपालमा पनि सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यक समय आइसकेको उल्लेख गर्दै नेक्सजेन म्यानेजमेन्टले यो क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here