साउन ६,काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए । देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।