साउन ५,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने बताएका छन् । साथै बैठकले कोभिड १९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here