साउन ३,काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ ।आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावल सुनको भाउ प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजावी सुनको मुल्य प्रतितोला९२ हजार एक सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

चाँदीको भाउ शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो, भने आइतबार एक हजार दुई सय ९५ रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here