असार 30 ,नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डको कृपाले आफु अर्थमन्त्री बन्न पाएको बताएका छन् ।
पदभार ग्रहण पश्चात अर्थमन्त्री शर्माले आफनो समाजिक संजालमा लेख्दैं उक्त कुरा बताउनु भएको हो । अर्थमन्त्री शर्माले आफुलाई पार्टी अध्यक्ष कमरेड प्रचण्डले सर्मथन गरेको र त्यस्तै नेपाली काँग्रेसका सभापति एवम बर्तमान सरकारका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नु भएको सहयोगका कारण आज आफुले यो मन्त्री पद पाएको प्रतिक्रीया समाजिक संजाल फेसबुकमा राखेका छन् । पदभार पश्चातको मन्तब्यका क्रममा अर्थमन्त्री शर्माले आफुले मान्छे चिन्नु भन्दा कामलाई बढी प्राथमिकता दिने बताउनु भयो ।