रौतहट,२८ आषाढ//रौतहटमा सोमबारको दिन थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालमा गौरले जनाएको छ । जिल्ला अस्पतालमा गौरमा २४ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिनु भएको छ।

एन्टीजेन्ट बिधि बाट परिक्षण १ जनाको र पीसीआर विधिबाट २३ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । अहिले जिल्लामा सक्रिय संक्रमित १८ जना रहेको सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका जनाएका छन् ।

यस्तै सोमबार कुनै संक्रमितको ज्यान गएको छैन । हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा र जिल्ला बाहिर गरि रौतहटका १ सय १७ जनाले ज्यान गुमाएको तथ्याङ्क मा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here