रौतहट,२७ आषाढ//हतियारसहित सर्लाहीबाट तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाटलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरु बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियारसहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा हातहतियार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here