रौतहट,२७ आषाढ//रौतहटको एक विद्यालयका कक्षा ८ मा अध्ययनरत ३० जना छात्राहरुलाई साईकल वितरण गरिएको छ |जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ बलुवा टोलमा पर्ने श्री किसान माध्यमिक विद्यालयका ३० जना छात्राहरुलाई साईकल वितरण गरिएको हो।
प्रदेश २ सरकार मुख्यमन्त्रीको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत राजपुर नगरपालिकाका नगर प्रमुख मो.सकिल अख्तरले एक कार्यक्रम बिच साइकल वितरण गरेका हुन्। विद्यालयमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै अख्तरले साइकल वितरण कार्यक्रमले टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवतजावतमा सहज हुने नगर प्रमुख अख्तरले बताए।
कोरोना माहामारीको जोखिमलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी कायम गरि साइकल वितरण गर्नु भएको अख्तरले बताएका छन् । भौतिक दुरि टाढा भएका कारण धेरै छात्राहरुले विद्यालय अध्ययन गर्न बिचमा नै छाड्ने गरेको धेरै उदाहरणहरु देखिएकाले दुरि टाढा भएका कारण विद्यालय छाड्नु पर्ने समस्या साइकल वितरणले अन्त्य भएको अख्तरले दावी गरेका छन्।








