वर्षासँगै ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको सिद्धाबाबा, झुम्सा र गौडेपुलमा पहिरो झरेको हो ।
गएराति देखि सडक अवरुद्ध हुँदा ठाउँ ठाउँमा सवारी रोकिएका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेले ठूलो पानी परिरहेकोले पहिरो सफा गर्न समस्या भएको बताए ।
‘ठूलो पानी पर्दा सडकको अवस्था जोखिमपूर्ण रहेको हुँदा ट्राफिक प्रहरीसँग बुझेर मात्र यात्रा गर्न आग्रह गर्छु ।’
तानसेन गुल्मी तम्घास सडक भने सुचारु छ । अहिले यस क्षेत्रमा ठूलो पानी परिरहेको छ ।








