रौतहट २० असार//बारामा शनिबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका–७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरको चापाकलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ । मृतक यादवलाई शनिबार साँझ आफ्नै घरको चापाकलमा हात मुख धुने क्रममा चापाकलमा जोडेको मोटरबाट करेन्ट लागेको थियो।







