१९ असार रौतहट// रौतहटको चन्द्रपुर नगरपालिकामा एक बार्यक्रमकाबिच ३६ छात्राहरुलाई साइकल वितरण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ स्थित जनजागृति माध्यामिक विदालय , सिन्धुरेघारीका कक्षा ८ मा अध्ययनरत ३६ जना छात्राहरुलाई शुक्रबार प्रदेश २ सांसद धनलाल थोकरले साइकल वितरण गर्नु भएको वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द दुलालले बताउनु भयो ।

विधायक थोकरले प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल वितरण गर्नु भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि थोकरले साइकल वितरण गर्नु भएको थियो ।

विद्यालयमा आयोजित कार्यक्रममा साइकल वितरण गर्नु हुदै थोकरले साइकल वितरण कार्यक्रमले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शत्रुधन साह,वडाध्यक्ष गोविन्द दुलाल लगायत विधालयका शिक्षक,विधार्थी,अभिभावकहरुको बाक्लो सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here