सिरहा, असार।
सिरहामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान जानेमा ट्याक्टर चालक सिरहा नगरपालिका(१६ का २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ । मंगलबार राति उनले चलाउँदै गरेको स१त ३९७२ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भइ सिरहा नगरपालिका १३ स्थित सडकमा दुर्घटना भएको थियो । चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको जनाएको छ ।







