रौतहट १६ असार ।
जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैयाँ नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नु भएको हो । गयराति परेको मुसलधारे पानीसँगै बागमती र लालबकैयाँ नदीमा पानीको सतह बढ्दै गएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो । बागमती र लालाबकैयाँ नदीका कारण हरेक वर्ष रौतहट सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेको छ ।
Home मुख्य समाचार बागमती र लालबकैयाँ नदी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यलय रौतहटद्धारा सचेत रहन...








