रौतहट १० असार ।
रौतहटको राजपुर नगरपालिकाको ५ औं नगरसभा भव्यताका साथ सम्पन्न भएको हो। राजपुर नगरपालिकाको सभा हलमा नगरबासी तथा जनप्रतिनिधि सहितका अग्रजहरुको बिच सम्पन्न भएको हो। अगामी आर्थिक बर्ष २०७८।०७९ को लागि ५४ करोड ८ लाख ४७ हजार ५ साय रकम विनियोजन गरेको हो ।
पाँचौ औं नगर सभामा आर्थिक बर्ष ०७८।०७९ को लागि कुल बजेटको चालु तर्फ ३६ करोड ६० लाख र पुंजिगत तर्फ १७ करोड २ लाख ७७ हजार पाँच सय बिनियोजन गरेको नगर प्रमुख शेख सकिलले जनाएको हो। यस बर्ष नगरपालिकाले शिक्षा स्वास्थ्य तथा नगरको बिकाशमा विशेष बजेट बिनियोजन भएको नगर प्रमुख शेख सकिलले जनाएको हो । भने बेरोजगार युवाहरूको लागि शिपमुलक तालिमको ब्यवस्था गरि युवाहरुको रोजगारमा नगरपालिकाबाट विशेष सहयोग गर्ने यस आर्थिक बर्षको नितिनियममा प्रस्तुत गरेको हो। कार्यक्रममा राजपुर नगरपालिकाका उपप्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारी सहित संचारकर्मीहरुको साथ साथै नगरका जनताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here