रौतहट १० असार।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको पाँचौ नगरसभा भव्याताका साथ सम्पन्न भएको छ । सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय माधोपुरको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा सभ्व एवं भव्य रुपमा सम्पन्न भएको छ ।
माधवनारायण नगर प्रमुख विरेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख सिमल कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि करिव ४७ करोड बजेट प्रस्तुत गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले नगरको समग्र विकासका लागि ४६ करोड ९५ लाख १९ हजार ५ साय ४२ रुपैया आयव्यय सहितको बजेट प्रस्तुत गरेका हुन ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि माधवनारायण नगरपालिकाले आफना पाँचौ नगरसभाबाट उक्त बजेट पारित गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कायस्थले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत कायस्थले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने नगर प्रमुख विरेन्द्र प्रसाद यादवले विश्वास व्यक्त गरेका छन । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको नगर प्रमुख यादवले बताए ।

कार्यक्रममा वडा नं ६ माधोपुरका वडा अध्यक्ष राजिव यादव सहित विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here