रौतहट १० असार ।
रौतहटजिल्लाको चन्द्रपुर नगरपालिकाको आठौ नगर सभा विहिबार सम्पन्न भएको छ । रौतहटको चन्द्रपुरस्थित ए.एन प्लाजा होटलमा नगर सभा शुरु भएको हो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उद्घाटन गर्नु भएको आठौ नगर सभाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमको लागि बजेट १ अर्व ८ करोड ४२ लाख १४ हजार १९३ रुपैयाँ बजेट बिनियोजन गरिएको छ । नगर उपप्रमुख रामरति चौधरी लगायत नगर सभाका सम्पुर्ण सदस्यहरुको सहभागीतामा सभा सम्पन्न भएको नगर प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो । यस बर्ष विनियोजित रकम आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य सहितको योजनालाई प्राथमिकतामा परेको नगर उपप्रमुख रामरती चौधरीले बताउनु भयो ।








