रौतहट २ असार ।
बालिका बलात्कार गरेको आरोपमा जनकपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी ४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ५० वर्षीय छेदु मण्डललाई नियन्त्रणमा लिएको हो ।मण्डलले बालिकालाई खेलाउन घरमा लगिएको मौका छोपी आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाका आफन्तले दिएका उजुरी अनुसार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।गए रातिसम्म बालिका घरमा नआपछि, आफन्तले खोज गर्दा घरभन्दा २ सय मिटर टाडा आँपको बगैँचामा अचेत अवस्थामा बालिका भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा धनुषा प्रहरीले आज मण्डललाई पक्राउ गरिएको छ ।पक्राउ परेका आरोपीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








