सप्तरी १ असार ।
सप्तरीमा पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । महादेवा गाउँपालिका–२ बस्ने अनिल मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिर । मृतक बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अस्पतालमा पोष्टमार्टम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here