रौतहट, २५ असोज ।
रौतहटको राजपुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका लागि भई रहेको विवाद बारे जनकपुर उच्च अदालतले आज आफनो फैसला सुनाएको छ ।
विगतमा नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत भई काजकाज गर्दै आएका बैजु ठाकुरलाई हटाई सोही नगरपालिकामा कार्यरत स्वास्थ्यका प्रमुख
रविन्द्र मिश्रलाई निमित प्रमुख प्रसासकिय अधिकृतको काम काज दिएको एक साता नवित्दैं र रविन्द्र मिश्र हाजिर नहुन पाउदैं पुनः पहिलेकै निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरलाई नै निमित तोके पछि काज काज गर्न आफठयारो भई उपन्न विवाद जनकपुर उच्च अदालत अस्थायी इजलास विरंगजमा गई दर्ता भएको थियो ।
निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा आफुले कामकाज गर्न पाउ भन्दैं उच्च अदालतको अस्थायी इजलासमा रविन्द्र मिश्रले दर्ता गराएका उजुरी माथि अदालतले तत्काल कसैले कामकाज गर्न नपाउने भन्दै यसबारे के भएको हो भनि आवश्यक कागजातहरु झिकाउनुका साथै दुवै तर्फको बयान र सम्बन्धित मन्त्रालय समेतको राय माँग गर्दै अन्तिरीम आदेश जारी गरेको थियो ।
लगातार दुई पटकको पेशी बहस पछि आईतबार जनकपुर उच्च अदालत अस्थायी इजलास विरगंजका माननिय न्यायधिशद्धय राजेन्द्र खरेल र जनक पाण्डेको सयुक्त इजलासले कामकाज रोका राख्न अदालतबाट जारी गरिएको अन्तिरीम आदेशलाई निष्कृय गर्ने फैसला सुनाएका छन् ।


उच्च अदालत बिरगन्जको आदेश सङै लामो समय देखि बिबादित बनेको राजपुर नगरपालिकाको कामकाज अगाडि बढने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here