रौतहट १ असार ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिकाका सम्पुर्ण स्वास्थ्य चौकीहरुले विभिन्न स्वास्थ्य सामग्रीहरु पाउने भएका छन । नेपाली काग्रेस मुस्लिम विभागका केन्द्रिय सदस्य मुनिफ मसुरी र रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादवको प्रयासमा १ लाख बराबरको स्वास्थ्य सामग्री माधन नारायण नगरपालिकालाई बुधबार हस्तान्तरण गरिएको छ । रौतहटको माधव नारायण नगरपालिकामा रहेका सम्पुर्ण वडाका स्वास्थ्य चौकीहरुलाई वितरण गर्ने गरि जिल्ला समिति सदस्य राम कृपाल यादव , वडा अध्यक्ष रणधिर यादवको रोहवरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थलाई ५० थान पिपिइ सेट हस्तान्तरण गरिएको माधव नारायण नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको जोखिमबाट नगरपालिकाका स्वास्थ्य चौकीका कार्यरत स्वास्थ्यकर्मीहरुलाई बच्न सहयोग स्वरुप प्राप्त सो ५० थान पिपिई सम्बन्धित चौकीलाई हस्तान्तरण गरिने प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here