रौतहट ३१ जेष्ठ ।
स्थानीय प्रशासन कार्यालयले रौतहटमा निषेधाज्ञाको अवधि ७ दिनको लागी थप गरेको छ । जेठ ३१ गते राति १२ बजे देखि अषाढ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी गरिएको हो ।जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गरि सूचनामा निषेधाज्ञालाई खुकुलो बनाएको छ । खाद्य सामग्री किराना, फलफूल र तरकारी पसलका साथै बैंक तथा वितिय संस्थालाई नियमित संचालनको अनुमति दिइएको छ ।स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी , दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी लगायतका सेवालाई नियमित संचालन गर्न अनुमति दिइएको छ। यस्तै अन्य सवै निकाय र सेवालाई निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।यस्तै विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा २५ जनासम्म उपस्थीत हुन पाउने व्यवस्था गरिएको सिडिओ ईन्द्रदेव यादवले जानकारी दिएका छन् ।होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक सँस्था, ब्युटी पार्लर बन्द नै रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here