दाङ,२५,साउन (रासस) ।

दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक छन् ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार (हिजो) साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो ।उनीहरुले विगतदेखि नै विभिन्न ठाउामा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख राजनकुमार गौतमले बताए ।बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिउको गौतमले बताए ।पक्राउ परेका बिक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन के.सी.लाई १० लाख चन्दा मागेका थिए ।यस्तै साउन १८ गते कपुरकोटस्थित कालिका मा.वि.का शिक्षक बामदेव अधिकारीलाई ५ लाख, साउन २७ गते तुलसीपुर–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई १ लाख, २१ चैत २०७९ मा तुलसीपुर–७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक इन्द्रबहादुर वलीलाई १ लाख रुपैयाँ उनीहरुले चन्दा माग गरेका थिए ।उनीहरुले पत्र पठाउँदै चन्दा मग गर्ने र चन्दा माग गरेको कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्नेसमेतको चेतावनी दिने गरेको निमित्त प्रमुख गौतमले बताए ।परियार र बिकको साथबाट प्रहरीले कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here