रौतहट ३१ जेष्ठ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाको एकै परिवारका ८ जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियाको पाण्डे थर भएको घरका ८ जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। जिल्ला सदरमुकाममा रहेको गौर अस्पतालको ल्यावमा आईतवार ४० जना स्वावलाई पिसिआर पद्धतीबाट परिक्षण गर्दा ८ जनालाई कोरोना भएको र एन्टिजेन पद्धतीबाट १ जना गरी ९ जनालाई कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।पिसिआरबाट पुष्टि भएका आठै जना दुर्गा भगवती २ भलोहिया बस्ने एकै परिवारका सदस्यहरु रहेको बुझिएको छ । सात दिन अघि उक्त घरका कोरोनाबाट एक युवकको विरगंजमा मृत्यु भएको थियो । मृतकको अंतिम संस्कार गर्न परिवार शव लिई दुर्गा भगवत स्थित वागमती नदीमा एम्बुलेन्सबाट लगिएको थियो। तर परिवारका सदस्यहरु प्लाष्टि च्यातेर मुख हेरेको र विस्तारै विसन्चो हुन लाग्दा परिवारका सदस्यहरु आज गौर गएर परिक्षण गराउदा ८ जना कोरोना पोजेटिभ भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here