रौतहट २८ जेष्ठ ।

अवैध रुपमा भन्सार छली गरी लुकाइ छीपाइ ल्याएको सामानहरु रौतहट प्रहरीले बरामद गरेको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत विभिन्न मिति र समयमा जिल्ला प्रहरी ईकाईहरुबाट विभिन्न स्थानमा खटिएको गस्ती टोलीले उक्त सामग्री बरामद गरेको हो । अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी मोटरसाईकल र टाउकोमा बोकी नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मूल्य १ लाख ३३ हजार ३९२ रुपैया बराबरको सामग्री बरामद गरेको हो । यस्तै भन्सार छलीका साडीहरु, कष्टमेटिक सर-सामानहरु, चिनी, लगायतका अन्य बस्तुहरु अन्दाजी मूल्य ७५ हजार बराबरको सामग्री बरामद गरेको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले बताउनु भयो । प्रहरीले BR.05K-3715 र BR05AM-6613 नम्बरको २ वटा मोटरसाईकल र नेपालबाट भारत तर्फ भन्सार छली लैजान लागेको ४ हजार ३ सय ५० मुल्य बराबरको सौफी र कस्तुरी रक्सी समेत गरी २ लाख १२ हजार ७४२ रुपैया बराबरको सर-सामानहरु वेवारीसे अवस्थामा फेला परेको साहले बताउनु भयो । बरामद गरेका सामग्री आवश्यक कारवाहीको गौर भन्सार कार्यालयमा बुझाईएको उहाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here