२६ जेष्ठ । कलैया बारा। बाराको देवताल गाँउपालिका वडा नं ५ धुराहा टोलमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। १ सय ५० जना जेष्ठ नागरिकहरुलाई एक पिस छाता, एक पिस गमछा, एक पिस मास्क पाकेट, एक पिस ५०० एमएलको सेन्टिनाजर, लाईब्वाय साबुन तिन पिस र डिटोल साबुन तिन पिस दिई सम्मान गरीको छ।
देवताल गाँउपालिकाको कार्यालय पिप्राढि गोठ बाराको सहयोग तथा लाईफ लाईन फाउन्डेसन नेपाल कलैया बाराको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको उदघाटन वडा सचिव उमेश चौधरीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता लाईफ लाईन फाउन्डेसन नेपालको उपाअध्यक्ष सुनिल यादबले गरेका थिए।
कार्यक्रमको उदघाटन गर्दै चौधरीले अहिलेको समयमा जेष्ठ नागरिकलाई छोरा छोरी अबहेलना गर्दै आईरहेको हुनाले जेष्ठ नागरिक अबहेलनाको पात्र होईन सम्मानको पात्र भएकोले यो सम्मान गरिएको बताएका छ।








