२५ जेष्ठ जनकपुरधाम । डाँकाहरुको समूहले महोत्तरीको लोहारपट्टी नगरपालिका-६ मा सोमवार मध्यराति एक महिलामाथि गोली प्रहार गरेका छन् ।

लुटपाट गरिरहेको देखेर छिमेकीसँग गुहार मागेकी ४५ वर्षीया गायत्रीदेवी साहमाथि डाँका समूहले गोली प्रहार गरेका हुन् । दाहिने तिघ्रामा गाली लागेर घाइते भएकी उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

६/७ जनाको समूहमा आएका पेस्तोलधारी समूहले साहको घरबाट नगद २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी र दुबै कानको मुन्द्रा लुटेर लगेको पीडित परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले घटनाबारे थाहा पाएलगत्तै प्रहरी पुगेको बताए । उनले डाँकाको पहिचान नखुलेको र खाेजी भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here