जनकपुरधाम, २४ जेष्ठ ।
प्रदेश-२ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका जितेन्द्र सोनलले सरकारी निवास ‘मधेस भवन’ छाडेका छन् ।
बर्खास्तमा परेको भोलिपल्ट सोमबार विहानै नबित्दै सोनलले सरकारी निवास छाडेका हुन् । उनले ‘मधेस भवन’बाट एक हातमा शुटकेस र अर्को हातमा ब्याग झुन्डाउदै सरकारी निवासबाट उर्लिएर मोटरसाइकल चढेर बाहिरिएका थिए । सोनल सुटकेस र झोला बोकेर सरकारी निवासबाट बाहिरिएको तस्बिर सामाजिक संजालमा राखेर उनका स्वकीय सचिव रमेश सर्राफले लेखेका छन्, ‘मधेसका बेटा हार नहीं मानेगा ।’
मन्त्री सोनलले सरकारी गाडी पनि फिर्ता गरेका छन् । आफूलाई मन्त्री बनाउने अध्यक्ष महन्थ ठाकुर तथा नेताहरुप्रति कृतज्ञताका साथै मन्त्री पदमा रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले अगामी दिनमा मधेस र प्रदेशका हितमा काम गरिरहने प्रतिबद्धता समेत जनाएका छन् ।
जसपा केन्द्रको विवादका कारण अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हिजो साँझ महन्थ ठाकुर पक्षका मन्त्री सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । राज्यमन्त्रीहरु भने डेरा बापत रकम लिई भाडाका घरमा बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here