बारा, २४ जेष्ठ ।
जिल्ला प्रहरी कार्यालय बाराले ४९ किलो प्रतिबन्धित गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४९ किलो गाँजा सहित तीन जनालाई आज पक्राउ गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नं. २ इनर्वा चोक स्थितमा बरियारपुरतर्फबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नम्बरको कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरूले बिक्री वितरणको लागि अटोमा लुकाई छिपाई ल्याएको ४९ किलो ग्राम ९७ पोका अवैध लागू औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा टोल बस्ने वर्ष ३९ को अमिरका पासवान (मोटरसाईकल चालक), सोही स्थानका वर्ष ५६ को रमेश चौधरी (अटो चालक) र वर्ष ३७ को राज कुमार ठाकुर (अटोमा सवार) लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट बरामद अवैध लागू औषध गाँजा ४९ किलो ग्राम (७ पोका) ना २ ह ६१०६ नम्बरको अटो १ थान, मोटरसाइकल पल्सर एकथान सहित अभियुक्तहरूलाई लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनु भयो सोमबार ।
जिल्ला प्रहरी कार्यालय बाराले ४९ किलो प्रतिबन्धित गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४९ किलो गाँजा सहित तीन जनालाई आज पक्राउ गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नं. २ इनर्वा चोक स्थितमा बरियारपुरतर्फबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नम्बरको कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरूले बिक्री वितरणको लागि अटोमा लुकाई छिपाई ल्याएको ४९ किलो ग्राम ९७ पोका अवैध लागू औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा टोल बस्ने वर्ष ३९ को अमिरका पासवान (मोटरसाईकल चालक), सोही स्थानका वर्ष ५६ को रमेश चौधरी (अटो चालक) र वर्ष ३७ को राज कुमार ठाकुर (अटोमा सवार) लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट बरामद अवैध लागू औषध गाँजा ४९ किलो ग्राम (७ पोका) ना २ ह ६१०६ नम्बरको अटो १ थान, मोटरसाइकल पल्सर एकथान सहित अभियुक्तहरूलाई लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here