१९ जेष्ठ काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार आठ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा चार हजार पाँच सय २४ जना र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव सात प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तथा यसअघिका विवरणसहित गरी एक सय एक जनाको ज्यान काेराेना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक लाख एक हजार नाै सय ९३ सक्रिय सङ्क्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here