१९ जेष्ठ। चोरीको मोटरसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय दिपेन्द्र पासवानलाई मोटर चोरी गरेको आरोपमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा परेको उजुरीको अनुसार गौर नगरपालिकाको वडा न १ मा बस्ने दिनेश प्रसादले ना.२ च ४३७३ नम्बरको पिकअप गाडीमा ८ वटा पानी तान्ने मोटर लोड गरी खाली जग्गामा राखेका थिए ।

गाडीको शिसा फुटाई ८ वटा मोटर चोरी भएको खबर प्राप्त हुनसाथै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले चोरी गर्ने व्यक्ति र मोटरहरुको खोजी गर्दा जेठ १६ गते ७ वटा मोटरहरु विष्णु मानन्धरको खेतमा वेवारिसे अवस्थामा भेटिएको थियो ।

मोटर पाएपनि आरोपीको खोजी गर्ने क्रममा मंगलबार बिहान ७ः३० बजेतिर दिपेन्द्र पासवानले साईकलको पछाडी क्यारियरमा चोरीको एउटा मोटर राखी वडहर्वा पुल तिर लैजाने क्रममा चेक जाँच गर्दा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । पक्राउ परेका पासवानलाई सोधपुछ गर्दा उक्त ७ वटा मोटरहरु पनि निजले नै चोरी गरी भारत तर्फ लगेर बेच्नका लागि विष्णु मानन्धरको खेतमा लुकाएर राखेको उनले बताए ।

रौतहट जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती लिई पक्राउ परेका पासवानलाई हिरासदमा नै राखी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here