रौतहट १४ जेष्ठ ।
रौतहटको मौलापुर नगरपालिकाले कोरोना भाइरसबाट आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न पुर्व तयारी पुरा गरेको छ । शुक्रबार मौलापुरका नगर प्रमुख रीना कुमारी साहले आइसोलेसनको अवलोकन गर्दै कोरोना संक्रमितहरुलाई आवश्यक बेडसहित अक्सिजन , औषधी, किट लगायतका सामग्रीहरुको ब्यबस्थापनको कार्य सम्पन्न भएकोे नगर प्रमुख साहले बताउनु भयो । रौतहटको मौलापुर नगरपालिकामा तत्काल ५ बेडको आईसोलेसन तयार भएको र आम नागरिकहरुका लागी कोरोना परिक्षण गर्ने एन्टीजेन किट, आक्सिजन सिलिण्डर, पि पि ई लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरु सहिते आइसोलेशन तयारी भएको नगर प्रमुख साहले बताउनु भयो । मौलापुर नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बृद्धि भएमा सोही अनुसार आईसोलेसनमा बेड थप गरिने पुर्ण तयारी समेत पुरा गरेको नगर स्वास्थ संयोजक सुरेन्द्र रौनियारले जानकारी दिनु भयो । नगर प्रमुख रिना कुमारी साहले कुनै पनि किसिमको अनावश्यक भय वा चिन्ता नलिई आवश्यक स्वास्थ्य सतर्कता सहित निषेधाज्ञाको पालना गरी सहयोग गर्न सम्पूर्ण नगरवासीमा अपिल पनि गर्नु भएको छ । मौलापुरमा शुक्रबार साझसम्ममा १० जना सक्रिय संक्रमितहरु रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here