रौतहट, १५ जेठ ।
रौतहटको भुमिमा संचारक्षेत्रमा एक छुटै पहिचान स्थापना गर्न सफलताका क्रममा रहेकी जयरामा मिडिया प्रा.लि.का संचालक रेड टेलिभिजन एवम रेडखबरका संचालिका रामा यादवको स्मृतिमा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ।
रौतहटकोे इतिहासमा पहिलो पटक रेड टेलिभिजन, रेड खबर डट कम, रेडपोस्ट दैनिक पत्रिका तथा दर्ताको क्रममा रहेको रेड एफ एमका संचालिका समेत रहेकी संचार उधमी रामा यादवको श्रीमान् जय प्रकाश यादवले २६ हजार एक रुपैया राशी भएको पत्रकारिता पुरस्कार श्रीमतीको नामबाट रामा यादव स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको छन्।
श्रीमतीको १३ औं पुन्य तिथिको अवसरमा घोषणा गरिएको उक्त पत्रकारिता पुरस्कारको सार्वजनिकीकरण नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व उपाध्यक्ष समेत रहेका यादवले भावभुक्ताका साथ आफनो समाजिक संजालमा मार्फत घोषणा गर्दै जानकारी गराएका हुन् । रौतहट जिल्लाको तत्कालिन खेसरहिया गाविसको वडा नं. ४ मा २०४८ बैशाख २७ गते बुबा गंगाराम राय यादव र आमा सचनी देवीको कोखबाट कान्छी छोरीको रुपमा जन्मेकी यादव आफनो ३० औं जन्मदिन समान्य रुपमा मनाएकी संचार उधमी यादवको २८ गते दिउसो २ बजेको समयमा उपचारको क्रममा जिल्ला अस्पताल गौरमा ३० वर्षकै उमेरमा निधन भएको थियो । स्वास्थ्यमा समान्य समस्या भई ४ दिन अगाडी देखि घर मै औषधी लिई रहेकी स्वर्गीय रामा यादवलाई एकासि श्वासमा समस्या भई बेहोस भई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल लगे देखि इमरजेन्सी वार्डमा अक्सीजन लगायतका आवश्यक औषधी चलि रहैकै बेला उनको देहावसान भएको थियो । स्वास्थ्य उपचारका लागि लगे पछि गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट उनी अल्प आयु मै संसारलाई छाडिन् ।
मृतक यादवको कोखबाट ४ वटा छोरीहरु जन्मेकी छिन्। छोरीहरु नाबालक नै रहेकि छिन् । श्रीमतीको मृत्युबाट आहत भएका पत्रकार यादवले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कारको स्थापना गरेर साहसी कार्य गरेका छन् । श्रीमतीको सम्झनामा सो पत्रकारिता पुरस्कारको घोषणा गरेको यादवले बताएका छन् । समाजिक सेवामा समेत समर्पित रहेकी रामा यादव रौतहटबाट संचालित रेड नेपाल गैरसरकारी संस्थाको अध्यक्ष भएर पनि लगातार रौतहटको मुख्य भाषाको रुपमा रहेको बज्जिका भाषा संरक्षणका लागि बज्जिका भाषा विकास समारोह नै पटक पटक संचालन गरि सकेकी छिन् ।
राष्ट्रिय, स्थानीय स्तरको संचार क्षेत्रमा आवद्ध भएर कार्य गर्ने पत्रकार मध्येका लागि सो पुरस्कार आफ्नो निजि स्रोत एवं उहाको संचार गृहबाट दिने उनले बताए । पत्रकारिताको क्षेत्रमा राम्रो कार्य गर्ने संचारकर्मीलाइ श्रीमतीको मृत्यु भएकै दिन नै कार्यक्रम गरि पत्रकारिता पुरस्कार दिने उहाँको उदेश्य रहेको छ ।
पुरस्कारबाट स्वास्थ्य क्षेत्रको विकासमा कलम चलाउन पत्रकारलार्इ थप प्रोत्साहन पुग्ने यादवको विस्वास रहेको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले रौतहट जिल्लामा कोरोनाबाट ज्यान गुमाएका अर्का पत्रकार मनोज चौधरीको स्मृतिमा पनि पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ। घोषणा गरेको स्वर्गीय मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको रकम २५ हजार रहेको छ भने रामा यादव स्मृति पत्रकारिता पुरस्कारको राशी २६ हजार एक रुपैया रहेकोले भएकोले अहिले सम्मकै ठुलो राशी भएको पत्रकारिता पुरस्कार यही नै हो ।
समय समयमा प्रदान गरिने पत्रकारिता पुरस्कारले पत्रकारिता क्षेत्रमा कार्य गर्ने संचारकर्मीलाइ कार्यक्षेत्रमा थप उर्जा प्रदान गरिने विश्वास रहेको छ । राष्ट्र, समाज, गाउ देशको साशन व्यवस्था, विकासको क्षेत्रमा सत्य तथ्य समाचार, लेख, रचना, स्तम्भ लेख्न जागरुकता ल्याउने महत्व भूमिका खेल्ने पुरस्कार घोषणा गर्नेहरुको अपेक्षा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here