२८ बैशाख काठमाडौँ– चीन सरकारको अनुदानमा उपलब्ध गराएको स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको जहाज काठमाडौँ फर्किएको छ ।

विमानले ४ सय थान सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर लिएर उडेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पाँच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसँग वैशाख दोस्रो साता भएको भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको समस्याबाट जुधिरहेको भन्दै नेपाललाई ९ करोड २० लाख बरावरको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here