रौतहट २६ बैशाख ।
रौतहटमा अत्यावश्यक कार्यका लागी सवारी पास लिनु पर्ने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटल एक सुचना जारी गरि अतिआवश्यक कार्यका लागी आवश्यक कागजातसहित सवारी पास लिन अनुरोध गरेको छ । रौतहटमा शनिबारबाट निषेधाज्ञा जारी गरिएको छ । सो अवधिमा आम नागरिकहरुलाई अतिआवश्यक कार्य पर्न गएमा सवारी पास अनिवार्य लिनु पर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । निषेधाज्ञाको अवधीमा दाहसंस्कार, पितृ कार्य, विवाह, ब्रतबन्ध, औषधी उपचार आदि कार्यका लागि अनिवार्य रुपमा पास लिनुपर्ने यादवले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय गौरमा आएर सवारी पास लिन आग्रह गरिएको छ । सवारी पास लिनका लागि जानु पर्ने ठाउ र पुग्नु पर्ने ठाउ दुवै तर्फको स्थानीय तहको सिफारीस , विरामीको हकमा केही आवश्यक नहुने , कोको जाने हो जाने व्यक्तिको नाम र संख्या पनि खुलाउने पर्ने र निवेदन दिनु पर्ने जनाइएको छ । विरामीको हकमा विरामीलाई रिफर गरेको पत्र, ब्लु बुक, सवारी चालक अनुमति पत्र लाइसेन्स अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा पेश गर्नु पर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here