पर्सा २६ बैशाख ।
जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुर बस्ने वर्ष ४५ को सोती कलवारले आफ्नै घरबाट लागु औषध गाँजाको कारोबार गर्ने गरेको भन्ने सूचना प्राप्त भई आजै दिउसो जिल्ला प्रहरी कार्यालय पर्सा बाट अन्दाजी १५.३० बजेको समयमा आवश्यक कारबाहीको लागि उक्त स्थानमा खटिगएको प्रहरी टोलीलाई देख्नासाथ निज सोती कलवार मोटरसाइकल चढी फरार भएको , निजको घरमा रीतपूर्वक खानतलासी गर्दा निज सुत्ने कोठाको खाटमुनि सुनियोजित तवरले लुकाइछिपाई राखिएको हालसालै तयार गरिएको जस्तो देखिने लागु औषध गाँजाको प्याकेट थान(८, ४ वटा बाल्टिनभित्र राखिएको गाँजाको पोका थान ८ गरी जम्मा १६ वटा पोकाभित्र गरी जम्मा ७० केजी ४८० ग्राम गाँजा फेला परेकोले उक्त गाँजा बरामद गरी निज सोती कलवारबिरूद्ध लागु औषध गाँजा सम्बन्धी कसूरमा आजै मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको साथै व्यापक प्रहरी परिचालन गरी निज सोती कलवारको खोजतलास भइरहेको समेत पर्सा प्रहरीले जनाएको छ ।








