रौतहट।बैशाख २५। कोरोनाको दोस्रो लहरमा दिनप्रतिदिन संक्रमितको मृत्यु तथा संक्रमन फैलिदा रौतहटमा निषेधाज्ञा जारी गरिएको हो।रौतहटमा कोरोनाको दोस्रो र तेस्रो लहरमा २५३ जना संक्रमित र ११ जनाले ज्यान गुमाई सकेका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले जनाएको हो।

रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा संक्रमन फैलिन नदिनको लागि २४ गते राति १२ बजे देखि आउँदो ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जनाएको हो। दिनानुदिन संक्रमित थपिदै जाँदा भिडभाड नहुन निषेधाज्ञा जारी गरिएको हो।

रौतहटमा निषेधाज्ञा जारी भए संगै स्थानीय प्रशासनले बिहानैदेखि पसलहरु बन्दको साथ साथै आवत जावत गर्नेलाई सम्झाई बुझाई घर फर्काएका छन्।रौतहटमा आज देखि निर्माणकार्यमा कुनै किसिमको बाधा न पुर्याई बाकी सबै कार्य बन्द गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जनाएको हो। रौतहट जिल्ला अहिले ३ ठाउँ अर्थात् गौर अस्पताल,धरहरी, तथा चपुरमा अक्सिजन सहितको आईसुलेसन संचालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी यादवले जनाएको हो।

तर रौतहटमा दरबन्दी अनुसार डाक्टर नरहेको हुँदा उपचारमा समस्या रहेको प्रमुख जिल्ला अधिकारी यादवले जनाएको हो। गतबर्षको कोरोना कहरमा रौतहटको १८ अौं स्थानीय तहले स्थानीय बासिन्दालाई सुरक्षित साथ बचाउन करोडौं रकम खर्चेता पनि यो बर्ष कोरोनाको बिक्राल रुप लिदा कुनै बास्तानै नगरेको स्थानीयले बताएका छन्।

गत साता प्रमुख जिल्ला अधिकारी यादवले १८ अौं स्थानीय तहलाई ५ लाखको दरले गौर अस्पताललाई उपलब्ध गराउन रकम भनेता पनि गौर नगरपालिका बाहेक अन्य नगरपालिका गाउँपालिकाले कुनै चासो न लिएको प्रमुख जिल्ला अधिकारी यादवले जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here