सप्तरी, वैशाख २३ गते ।
कोरोना संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन सञ्चालनमा आएको छ । बोदे बर्साइन नगरपालिकाले वडा नम्बर ०५ स्थित ईलाका स्वास्थ चौकीको भवनमा उक्त आइसोलेसन सञ्चालनमा आएको हो । माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोदे बर्साईन नगरपालिकामा २० बडको आइसोलेसन सञ्चालनमा आएको बोदे बर्साईन नगरपालिकाको स्वास्थ्य संयोजक बैधनाथ साहले जानकारी दिए । तत्काल २० बेडको आइसोलेसन भएको र पछि कोरोना संक्रमितको थप्दै जादा आइसोलेसनमा बढाउने जाने तथा अन्य सुबिधा, सेवा प्रदान गर्ने पनि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए । उनले कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था रहेको बताए । एम्बुलेन्स हाम्रो नगरको संक्रमित बोक्न प्रयोग गरिने छ ।’ आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ । बोदे बर्साईन नगरपालिका भित्र नै आइसोलेसन सञ्चालनमा आए पश्चात नगरका बासिन्दालाई कोरोना उपचारमा सहयोग पुग्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here