२४ बैशाख काठमाडौँ- नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५० जनाको मृत्यु भएको हो।
शुक्रबार देशभर ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।यसैगरी काठमाडौँ उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ३०८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको हो।यसैगरी, गत चौबीस घण्टामा १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गरिएको छ।







