२३ बैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका एजेण्डा बारे ती मन्त्रीले केही खुलाएनन् ।

आजको बैठकले कोरोना विरुद्धको खोप सम्बन्धमा केही निर्णय गर्न सक्ने स्रोतले बतायो ।यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार दिउसो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । बिहीवार नै बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here